काठमाडौं । स्थलगत अनुगमनका लागि सभामुख अग्निप्रसाद सापकोटा र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ बाढी पहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोक जाँदैछन् । सभामुख सापकोटा र मन्त्री सापकोटा दुवैको गृहजिल्ला सिन्धुपाल्चोक हो।
सभामुख सापकोटा स्थलमार्ग हुँदै सिन्धुपाल्चोक जान लागेको हुन् । यसैगरी स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि सिन्धुपाल्चोक जाँदैछन् ।
सिन्धुपाल्चोकमा गय रातिदेखि (मंगलबार) आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भईसकेको छ भने अन्य बेपताको खोजी कार्य भईरहेको छ ।












