काठमाडौं । विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । केहि दिन यताको भारी वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले ठुलो क्षति पुर्याएको छ । सो खबर सर्वत्र भएलगत्तै विपद व्यवस्थापन कार्यकारी समितिले सिंहदरबारमा बैठक सुरु गरेको हो ।
बैठकमा सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था र गर्नुपर्ने कामका विषयमा छलफल हुने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले जनाएको छ ।
सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोका कारण सात जनाको मृत्यु भएको छ । मनाङ, म्याग्दी, दाङलगायतका अन्य जिल्ला पनि बाढी पहिरोबाट प्रभावित भएका छन् ।












