काठमाडौं । मेलम्ची खोलामा आएको भिषण बाढीमा परेर ५० औँ जना बेपत्ता भएका छन । बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षत विक्षत बनाएको छ ।
यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण क्षति पुर्याएको छ ।
नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको छ । खोलाको बहाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन अपिल गरिएको छ ।
हेरौं यी तस्बिरहरु





(फेटोफिचर)












