५ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना विरुद्धको खोप दिने सहमतिपछि फिर्ता भयो ट्यांकर चालकको आन्दोलन



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने सहमतिसँगै इन्धन ढुवानीमा संलग्न ट्यांकर चालकले आन्दोलन फिर्ता लिएका छन् । 

सरकारले बुधबारदेखि नै चालकलाई खोप दिने भएपछि उनीहरुआन्दोलन फिर्ता लिन सहमत भएका हुन् । 

मंगलबार नेपाल आयल निगम र  नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा बुधबारदेखि नै खोप लगाउन सुरु गर्ने सहमति भएको हो । 

बागमती प्रदेश कार्यालय, धानकोट र २ नम्बर प्रदेशिक कार्यालय अमलेखगञ्जमा खोपका कारण रोकिएका सवारी सञ्चालन गर्नेगरी सहमति भएको छ । 

बागमती प्रदेश कार्यालयको काठमाडौं र अमलेखगजमा रहेका चालकलाई उतै खोप लगाउनेगरी व्यवस्था गर्नेगरी सहमति गरिएको छ ।