५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुकुलो हुँदै निषेधाज्ञा, आजबाट स्टेशनरी र हार्डवेयर पसल पनि खुले



अ+ अ-

काठमाडौं । आजबाट थप एक साता लम्बिएको निषेधाज्ञा पछिल्लो समयकोभन्दा केही खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा मानिसहरुको चहलपहल बढेको छ । आजबाट तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न पाइने र स्टेशनरीहरु तथा पुस्तक पसलहरु बिहान ११ बजेसम्म खुल्नेछन् ।

त्यस्तै अपरान्ह ४ बजेपछि हार्डवेयर पसल खोल्न पाईनेछ । होटल, रेष्टुराँहरुलाई भने टेकअवे सेवा मात्रै सन्चालन गर्न अनुमति दिइएको छ । कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । हाल ७५ जिल्लामा निषेधाज्ञा कायम छ ।

काठमाडौं उपत्यकाकासहित १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्म थप गरिएको छ । कोरोनाको भाईरसको नयाँ संक्रमित दरमा केही सुधार (घट्दै) भएकाले निषेधाज्ञा खुकुलो बनाउने निर्णय उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकद्वारा गरेको थियो ।