५ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाइडेन र पुटिन स्विट्जरल्यान्डमा भेटवार्ता गर्दै



अ+ अ-

काठमाडौं । विश्वका दुई शक्तिशाली मुलुक अमेरिका र रुसबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ। 

यसैबीच दुई देशका राष्ट्रप्रमुखहरुले जुन १६मा भेट गर्ने भएका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच जी–७ बैठकको क्रममा स्विट्जरल्यान्डमा भेट तय भएको हो।

केही दिनअघि मात्र बाइडेनले पुटिनलाई ‘हत्यारा’को संज्ञा दिएका थिए । दुई शक्तिशाली नेताबीचको भेटलाई संसारमा अर्थपूर्ण रुपमा हेरिएको छ ।