काठमाडौं । आज (सोमबार) बजारमा सुनको मुल्य घटेको छ । सुनको मुल्य तोलामा रु ७ सयले घटेको हो ।
हिजो (आईतबार) प्रतितोला रु ९३ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (सोमबार) घटेर प्रतितोला रु ९३ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि प्रतितोला रु ९२ हजार ७ सय कायम भएको छ ।
यता चाँदी प्रतितोला रु १३६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।







