५ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम पुर्वानुमान: यी स्थानमा भारी वर्षाको सम्भावना, नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी बर्षाको  सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । 

आज देशभर मनसुनी वायुको प्रभाव रहेकोले बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक, दुई स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ । यसैगरी, सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै  स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।भने, प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक,दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एकरदुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।  त्यस्तै नेपाल बाढी सुचनाले पनि आगामी ३ दिन मझौला नदीहरु कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई र यसका केहि स-साना नदीजलाधारमा क्षणिक मध्यम भारी बर्षा भई बहाब केहि बढ्ने र केहिमा आकस्मिक बहाब पनि हुन सक्ने पूर्वानुमान रहेकोले साना नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।