२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेल सञ्चालनका लागि तयार हुन निर्देशन



अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड–१९ महामारी कम भएपछि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने  बताएका छन् । सो रेल सेवा सञ्चालनका लागि जनशक्ति र कानुनलगायतका तयारी भइसकेकाले अब सञ्चालनका लागि समस्या नभएको उनले स्पष्ट मन्त्री   नेम्वाङको सचिवालयले जनाएको छ । 

मन्त्रालयअन्तर्गतका  विभाग  र  कार्यालयको  वार्षिक  समीक्षा कार्यक्रमलाई आइतबार भर्चुअल सम्बोधन गर्दै उहाँले कोभिड–१९ को महामारी सामान्य हुनेबित्तिकै  रेल  सेवा  सञ्चालनमा आउने भएकाले तयारी अवस्थामा रहन नेपाल  रेल्वे  कम्पनीलाई  निर्देशनसमेत  दिए  । उनले भने, “सरकारले गर्नुपर्ने सबै किसिमको सहजीकरण गरिसकेको छ ।”  

रेलमार्ग  निर्माणका  क्रममा  विभिन्न स्थानमा देखिएका जग्गा मुआब्जाको समस्या समाधानका लागि  सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी समाधान  खोज्न रेल विभागलाई निर्देशन दिँदै उनले रेल सञ्चालन हुन  लागेको  स्थानसम्म  पहुँच सडकको निर्माण अघि बढाउनुपर्ने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।