काठमाडौं । आज (सोमबार) र भोली (मंगलबार) काठमाडौं महानगरपालिकाले ६० देखि ६१ वर्ष उमेर समूहकालाई कोरोनाविरूद्धको भेरोसेल (चिनियाँ) खोप लगाउने भएको छ।
यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएको थियो। खोप अभावपछि उक्त कार्यक्रम स्थगित गरिएकोमा आज र भोलि खोप लगाउन लागिएको महानगरले जानकारी दिएको छ।
खोप बिहान १० बजेदेखि अपरान्ह ४ बजेभित्र वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा गएर खोप लगाउन सकिन्छ।
हेर्नुस् सूचना:













