२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई आर्थिक संकटबाट जोगाउन भन्सारका दररेट बदलौँ : महासचिव पोखरेल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई आर्थिक संकटबाट जोगाउन आयातमुखी नीति र भन्सारका दररेट बदल्न सरकारलाई सुझाव दिनुभएको छ ।

सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेको भन्दै उहाँले मुलुकलाई आर्थिक संकटवाट जोगाउने हो भने आयतमुखी नीति र भन्सारका दररेटलाई बदलेर उत्पादनशील क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेृ बताउनुभयो ।

‘आर्थिक संकटको समयमा केही व्यापारिक घरनाको सम्पत्ति अस्वभाविक रुपमा बढ्ने र आम जनता आर्थिक मन्दीको शिकार हुनुको कारण नीतिगत विचलनका माध्यमवाट दलाल नोकरशाही पूँजीवादको वर्चश्व कायम हुदै जानु हो’, उहाँले भन्नुभयो ।

उहाँले उत्पादनशील क्षेत्रको विकासवाट नै ठूलो संख्यामा रोजगारीका अवसर सिर्जना हुने र राष्ट्रिय अर्थतन्त्र बलियो बन्ने बताउनुभयो ।