२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्नुपर्छ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय र सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार नराम्रा काम गर्दै नगर्ने पक्षमा रहेको पनि बताउनु भयो । उहाँले देशको सुशासनका लागि सबैले साथ दिन आवश्यक रहेको बताउनु भयो । उहाँले वर्तमान अवस्थामा पनि जटिलताहरु धेरै रहेको उल्लेख गर्दै इमान्दार कम्युनिष्टहरुको आवश्यक्ता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले परिस्थिति नयाँ बनेको छ । हामी फेरि पनि सामाजिक रुपान्तरणको निम्ति मैले अहिले सरकारको प्रधानमन्त्रीको हैसियतमा हाम्रो मन्त्री मण्डलले सामाजिक न्याय र सुशासन र समृद्धि यात्रालाई नयाँ ढंगले शुरु गर्ने भन्ने एउटा अठोटका साथ अघि बढेका छौँ । सरकार राम्रा बाहेक नराम्रा काम गर्दै नगर्ने गर्दै नगर्ने भनेर लागेका छौँ । सुशासनका लागि हामीलाई सम्पूर्ण इमान्दार क्रान्तिकारीहरुको साथ हुनेछ । जटिलता अहिले पनि छन्, म धेरै भन्न चाहन्न, अहिले हामी सुशासनको निम्ति गम्भीर भएर लागेका छौँ । सामाजिक न्याय र समृद्धिका निम्ति पनि अघि बढेका छौँ ।’

प्रधानमन्त्री दाहालले सरकार सामाजिक न्याय र समृद्धिका लागि अघि बढेको बताउनु भयो ।