२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक जारी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी रहेको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठक तीन दिनसम्म चल्नेछ ।

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा १० वटा एजेन्डामा छलफल हुनेछ। वैशाख २६ मा बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेन्डा तय गरेको थियो।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुका साथै, निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका एजेन्डा तय भएका छन्।

त्यसैगरी बैठकमा पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको विषयमा पनि छलफल हुने बताइन्छ। सो प्रकरणमा शीर्ष नेताहरू नै मुछिएका छन्। सांसद समेत रहेका रायमाझीलाई बुधवार सचिव पदबाट भने निलम्बन गरेको थियो ।