२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार टोपबहादुरजी प्रहरीकोमा हाजिर हुने कुरा थियो तर हुनुभएन– ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निलम्बित सचिव टोपबहादुर रायमाझी हिजो बुधबार प्रहरीकहाँ हाजिर हुने भनिए पनि उहाँ नआउनुभएको बताउनुभएको छ ।

बिहीबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सांसदसमेत रहेका रायमाझी बुधबार प्रहरीकहाँ हाजिर हुने रायमाझी निकटले आफूलाई फोन गरेको जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “मलाई उहाँनिकटका मानिसले फोन गरेका थिए– के गर्ने भनेर, मैले प्रहरीकोमा हाजिर हुनुस् भनेको थिएँ। उहाँ हिजो प्रहरीकोमा आउने कुरा सरकारी स्रोतबाट पनि सुनेको थिएँ तर उहाँ आउनु भएन।”

एमाले भ्रष्टाचारविरोधी पार्टी भएको भन्दै ओलीले कानुनी प्रक्रियालाई सघाउन रायमाझीलाई निर्देशन दिइएको बताउनुभयो।

आरोप लाग्दैमा कोही दोषी हुँदैन भन्दै उहाँले भन्नुभयो, “तर पक्राउ पुर्जी जारी नै भइसकेपछि उहाँले कानुनी प्रक्रियालाई सहयोग गर्नुपर्छ भनेर हामीले उहाँलाई सचिवबाट निलम्बन गरेका छौँ ।”