२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिनसके नेपाल आत्मनिर्भर बन्छः वामदेव गौतम



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राज्यले कृषि क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।

बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले कृषि क्षेत्रमा लगानी बिस्तार गरेर उत्पादन वृद्धि नगरेसम्म नेपाल गरिब देशमै रहने बताउनु भयो । उहाँले नेपालको लागि कृषि सदाकालको अर्थतन्त्र भएको बताउनु भयो । उहाँले स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिनुपर्ने बताउनु भयो । उहाँले स्थानीय सरकारलाई कृषिको जिम्मा दिइरहँदा कृषि फर्ममा आधारित हुनुपर्ने बताउनु भयो । उहाँले स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिइ फर्ममा आधारित कृषि प्रणाली लागू गर्ने हो भने नेपाल एक वर्षमै कृषिमा आत्मनिर्भर बन्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशको सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भनेको कृषि हो तर यही क्षेत्रलाई सबैभन्दा बेवास्ता गरिएको छ । जब यो हाम्रो हो भने यसमै सबैभन्दा धेरै लगानी गरेर यसलाई उठाउनुपर्छ । अनिमात्रै हामी अघि बढ्न सक्छौँ, अहिले बेवास्ता गरेको बेलामा पनि ३० प्रतिशत बढी हिस्सा अर्थतन्त्रको यसले ओगटेको छ ।

हामीले महत्वपूर्ण मानेर लगानी बढाउने हो भने जति यहाँ उत्पादन गर्नसक्छौँ, त्यत्ति नै विदेश निर्यात गर्नसक्छौँ । त्यो वातावरण हामीसँग छ । हाम्रो देशको मुल अर्थतन्त्र कृषि हो, कृषि कमजोर भइरह्यो भने हामी सधैँ गरिब भइरहन्छौँ । कृषि हाम्रो सदाकालको अर्थतन्त्र हो, यसलाई हामीले विकास गर्न नसके हामी अघि बढ्न सक्दैनौँ । नयाँ व्यवस्था आएको छ, तीन सरकार छन्, स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिऔँ तर कृषि फर्ममा आधारित हुनुपर्छ । एकै वर्षमा हामीले आत्मनिर्भर बनाउन सक्छौँ नेपाललाई । कृषिको वर्गीकरण गरेर उत्पादन गर्नसके आत्मनिर्भर बन्न समय लाग्दैन ।’

राष्ट्रिय सभा सदस्य गौतमले कृषिको वर्गीकरण गरेर उत्पादन गर्नसकने वर्ष दिनभित्रै नेपाल आत्मनिर्भर बन्ने बताउनु भयो ।