२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रिय कमिटी बैठक: अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदन पेस



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्र्रतिवेदन पेस गर्नुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समितिको बैठकमा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरण, अर्थतन्त्र, पछिल्ला समसामयिक राजनीतिक परिवेशको बारेमा जानकारी गराएको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताउनु भयो ।

उहाँले बैठकमा अध्यक्ष ओलीले अहिलेको अर्थतन्त्र उकास्न वर्तमान गठबन्धनसँग कुनै योजना नरहेको कुरा बिफ्रिङ गर्नुभएको पनि बताउनु भयो । उहाँले बैठकमा केन्द्रिय सल्लाहकार परिषद्को अध्यक्षले आफ्नो सुझाव सल्लाह पेस गर्नुभएको बताउनु भयो । बैठकमा अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीभित्रको अनुशासनको स्थितिबारे, पार्टीको लेखा परिषद्का अध्यक्ष डा. पुष्प कँडेलले पार्टी आर्थिक प्रणालीको बारे र केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले निर्वाचनको सम्बन्धमा बैठकलाई जानकारी गराएको पनि उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठकको अध्यक्षता गर्नुहुँदै अध्यक्ष कमरेडले अहिलेको समसामयिक राजनीतिक परिस्थितिको बारेमा आफ्नो राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नुभन्दा अघि केही कुरा राख्नुभयो । बैठकलाई सम्बोधन गर्नुभयो । भूटानी शरणार्थी प्रकरणबाट उत्पन्न अस्थिरताको बारेमा चर्चा गर्नुभयो । अहिलेको सत्ता गठबन्धनको पहिलो र दोस्रो त्रैमासिक रिपोर्ट हेर्दा नकारात्मक दिशातिर गएर र मुलुक आर्थिक मन्दीतिर गएको चर्चा गर्नुभयो । यो मन्दीलाई उकास्न सत्ता गठबन्धनसँग कुनै प्याकेज छैन, योजना छैन भन्ने चर्चा गर्नुभयो ।

फागुन २ गतेबाट शुरु भएको मिसन ग्रासरुट अभियानको बारेमा अवस्थाको समीक्षा गर्नुभयो । अध्यक्षज्युले राजनीतिक प्रतिवेदन पेस गर्नुभयो । केन्द्रिय कमिटीको चौथो बैठकपछि भएका निर्णयहरुको जानकारी र अनुमोदन भयो । केन्दिय सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहरा आफ्नो सुझाव सल्लाह दिनुभयो । पार्टीभित्रको अनुशासनको बारेमा चर्चा भयो, आर्थिक प्रणालीको बारेमा चर्चा भयो ।’

उपमहासचिव गुरुङले मिसन ग्रासरुट अभियानको समीक्षाअन्तर्गत सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको सचिव योगेश भट्टराईले, कोशी प्रदेशको राजेन्द्र गौतमले रिपोर्ट प्रश्तुत गर्नुभएको बताउनु भयो । अन्य प्रदेशको रिपोर्ट भने शुक्रवारको बैठकमा पेस गरिने बताउनु भयो ।