२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय गठबन्धनकै आधारमा मधेस सरकार पुनर्गठन हुन्छ, मुख्यमन्त्री जसपाकै रहन्छ : अध्यक्ष यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघ सरकारकामा भएको गठबन्धनकै आधारमा मधेस प्रदेश सरकार पुन:गठन हुने बताउनुभएको छ ।

शुक्रवार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले केही दिनभित्रै मधेस सरकार पुन:गठन हुने बताउनुभएको हो । उहाँले संघीय सरकारमा भएको गठबन्धन अनुरुप नै मधेस सरकारमा पनि गठबन्धनको सरकार कायम रहने बताउनु भयो । मुख्यमन्त्रीमा आलोपालो हुने भन्दै उहाँले अहिले भने सरकारको नेतृत्व जसपाले नै गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘यही सरकारमा मन्त्रिपरिषद् बिस्तार हुन्छ । घटक दलका तर्फबाट मन्त्री हुन्छन् । तर मुख्यमन्त्रीमा आलोपालो हुन्छ । संघमा सरकारमा रहेका, पाँच दलिय गठबन्धनको संयुक्त सरकारको रुपमा यो अगाडी बढ्छ । मन्त्रिपरिषद् हेरफेर वा पुन:गठन चाँडै हुन्छ ।’

उहाँले जनमत पार्टी उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको बिरुद्धमा लागेको उल्लेख गर्दै जनमतलाई सरकारमा ल्याउने, नल्याउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताउनु भयो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणलाई अपराध भएको टिप्पणी गर्दै कठोर छानबिन हुनुपर्ने बताउनु भयो ।