२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोपबहादुर रायमाझीको सांसद पद अब के हुन्छ ?



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा पक्राउ परेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन हुने भएको छ ।

मंसिरमा भएको निर्वाचनमा रायमाझी अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् । प्रहरीले प्रतिनिधि सभामा कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी दिएपछि सभामुखले ती सांसदलाई निलम्बन गर्ने प्रावधान छ ।

भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझी आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ परेका हुन् ।

कुनै पनि सांसद प्रहरीको नियन्त्रणमा परेपछि त्यसको जानकारी संसदलाई गराइनुपर्छ । त्यसपछि अरू निलम्बनको प्रकिया अघि बढ्ने गर्छ । संसदको अधिवेशन चलिरहेको अवस्थामा सभामुखले बैठकमा जानकारी गराउने प्रावधान छ । यस्तै, अधिवेशन नरहेको अवस्थामा भने सूचना टाँसेर जानकारी गराउने प्रावधान छ ।

सांसद रायमाझी पक्राउ परेको जानकारी अहिलेसम्म संसदलाई भने गराइएको छैन ।