२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् र सरकार अरूले नै चलाउने रहेछ, हामी त डमी मात्र: पर्यटनमन्त्री



file photo
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसद् र सदन अरुले नै चलाउने आफूले अनुभूति गरेको बताउनुभएको छ ।

मंगलबार संघीय संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा उहाँले भन्नुभयो, “संसद् र सरकार अरूले नै चलाउने रहेछ, हामी त डमी मात्र रहेछौँ ।”

आफूले मन्त्रीको रुपमा त्यस्तो अनुभूति गरेको भन्दै उहाँले मन्त्री अरुले नै चलाउने र आफूलाई ‘शोकेसको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो गर्नुभयो ।

पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नु पर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । त्यसमा सहयोग गर्न संघीय संसद् र सांसदहरुलाई आग्रह गर्दै मन्त्री किरातीले संसद्मा बल दिएमात्रै आफूहरुले केही गर्न सक्ने अवस्था रहेको बताउनुभयो ।

मन्त्री किरातीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रिपरिषद्‍बाट पास गराएर संसद्मा पेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।