२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन–आश्रित स्मृति दिवस मनाइँदै



अ+ अ-

काठमाडौं । आज मदन–आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ–३ गते चितवनको दासढुंगामा जीप दुर्घटना भई निधन भएको थियो । त्यसैको सम्झनामा एमालेले हरेक वर्ष जेठ–३ गतेलाई मदन–आश्रित स्मृति दिवसको रुपमा मनाउँदै आएको छ ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आज ३० वर्ष पुगेको छ । कम्युनिष्टहरु नागरिकबाट चुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षपाती भण्डारीले जनताको बहुदलीय जनवादको विकास गरेका थिए । मदन भण्डारी र जीवराज आश्रितलाई आदर्श नेताका रुपमा चिनिन्छ ।

उक्त दुर्घटनाका साक्षी एवं जीप चालक अमर लामाको समेत हत्या भएपछि दुर्घटना अझै रहस्यमय बन्न पुगेको छ । रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानविनले कुनै तथ्य निकाल्न सकेको छैन ।

दासढुंगा दुर्घटनापछि एमालेले पटक–पटक सरकारको नेतृत्व गरेको भए पनि घटनाको तथ्य बाहिर ल्याउन नसक्नुले पार्टीले आलोचना पनि खेप्नुपरेको छ ।