२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनसँग ‘स्थिर’ सम्बन्ध चाहेको जी–सेभेन नेताहरूको भनाइ



अ+ अ-

हिरोसिमा, जापान । आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन)का नेताहरूले एशिया–प्रशान्त क्षेत्रमा चीनले गरिरहेको ‘सैन्य गतिविधि’लाई लिएर शनिबार चासो व्यक्त गरेका छन् ।

हिरोसिमामा भएको शिखर सम्मेलनमा जारी अन्तिम वक्तव्यमा उनीहरूले चीनको आर्थिक र सैन्य गतिविधिबारे चिन्ता व्यक्त गर्दै चीनको यस सन्दर्भमा ‘स्थिर र रचनात्मक’ सम्बन्ध रहनुपर्ने बताएका छन् ।

उनीहरूले सहकार्यका लागि ढोका खुला राख्न र विश्वको दोस्रो ठूलो अर्थतन्त्र, प्रमुख पश्चिमी शक्तिहरू र जापानबीचको तनावलाई थप भड्काउनबाट जोगाउन पनि खोजेको बताएका छन् ।

“चीनसँग खुलेर कुरा गर्ने र प्रत्यक्ष रूपमा आफ्ना चिन्ता व्यक्त गर्ने महत्वलाई बुझेर हामी चीनसँग रचनात्मक र स्थिर सम्बन्ध निर्माण गर्न तयार छौं,” समूहले भनेको छ ।

“हाम्रो नीतिगत दृष्टिकोण चीनलाई हानि पु¥याउने उद्देश्यले डिजाइन गरिएको होइन, न त हामी चीनको आर्थिक प्रगति र विकासलाई अवरुद्ध गर्न चाहन्छौं,” विज्ञप्तिमा भनिएको छ । जी–सेभेन राष्ट्रहरूले ‘छुट्टाउने वा हस्तक्षेप’ गर्ने काम गरिनरहेको बताएका छन् ।

तैपनि, यो भाषाले कूटनीतिक विवादमा व्यापारिक उपायहरू लागू गर्न बेइजिङको इच्छा र संवेदनशील आपूर्ति शृङ्खलाहरूलाई चिनियाँ प्रभावबाट हटाउन जी–७ को दृढताको बारेमा समूहको व्यापक चिन्तालाई स्पष्ट पारेको थियो ।

सम्मेलनमा समूहले आर्थिक लचिलोपनका लागि जोखिम कम गर्न र विविधीकरण गरिरहेको र महत्वपूर्ण आपूर्ति शृङ्खलामा अत्यधिक निर्भरता कम गर्ने प्रतिबद्धता व्यक्त गरिएको जनाएको छ ।

दक्षिण चीन सागरमा चीनको ‘सैन्यीकरण’ विरुद्ध चेतावनी दिँदै समूहले ताइवान टापू क्षेत्रमा ‘शान्ति र स्थिरता’ विश्व सुरक्षाका लागि ‘अपरिहार्य’ रहेको दोहोर्याएको छ ।

समूहले चीनलाई रूससँगको आफ्नो प्रभाव प्रयोग गरी आफ्नो सैन्य आक्रामकता रोक्न र युक्रेनबाट तत्काल, पूर्ण र बिनाशर्त आफ्ना सेना फिर्ता लिन आग्रह गरेको छ ।