२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्तसँगै बागमती मन्त्रिपरिषद् विस्तार



अ+ अ-

काठमाडौँ । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट ३ जना र नेकपा (एकीकृत समाजवादी) बाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।

कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बन्नुभएको छ । कांग्रेसकै रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बन्नुभएको छ ।

एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री रराजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री बन्नुभएको छ । नवनियुक्त मन्त्रीहरुको आइतबार नै दिउँसो शपथ हुने जनाइएको छ ।