३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा गाउँपालिका कार्यालय तोडफोड र आगजनी



अ+ अ-

बारा। बाराको सुवर्णपुर गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी भएको छ । प्रधानाध्यापक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।

गाउँपालिकाले हर्दिया माविका प्रधानाध्यापक रामएकवाल प्रसाद, देवापुर वहुर्आका प्रधानाध्यापक चन्देश्वरप्रसाद यादव, नेराप्रावि मझरीका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव र कवही जगाद माविका प्रधानाध्यापक नथुनीप्रसाद यादवलाई गाउँपालिकाले सरुवा गरेको थियो । गाउँपालिकाको निर्णयपछि विद्यार्थी र असन्तुष्ट समूहले गाउँपालिका कार्यालयमा तोडफोड गरेका हुन्।

गाउँपालिका अध्यक्ष राजेशप्रसाद यादव र उपाध्यक्ष पुनम कुमारीको कार्यकक्ष तोडफोडसँगै कागजपत्रमा बाहिर ल्याएर आगो लगाउन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्यास प्रहार गरेको बताइएको छ। विद्यार्थीसहित आक्रोशित समूहले तोडफोड, आगजनीसँगै १० वटा मोटरसाइकल तोडफोड गरेका छन्। सोमबार गाउँ कार्यपालिकाको आकस्मिक बैठक बसिरहेका बेला बाहिर विद्यार्थी र प्रदर्शनकारीले नाराबाजी र तोडफोड गरेका हुन्।