२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दृश्यम’ फ्यानका लागि खुसीको खबर, कोरियन रिमेक बन्दै



अ+ अ-

एजेन्सी । अजय देवगन र तब्बु स्टारर फिल्म ‘दृश्यम’ मुभिजको कोरियामा रिमेकको तयारी सुरु भएको छ । कान्स फिल्म फेस्टिभलमा यो घोषणा गरिएको हो । यससँगै दृश्यम फ्रेन्चाइजले स्वदेश तथा विदेशमा पनि पाइला टेक्ने भएको छ ।

कोरियन रिमेकमा अजयको क्यारेक्टर ‘प्यारासाइट’का संग कङ्ग होले खेल्ने छ छन् जसले ओस्कर २०२० मा उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मको उपाधि जितेको थियो ।

दक्षिण कोरियामा रिमेक हुने यो पहिलो भारतीय फिल्म हुनेछ । यो भारतीय फिल्म उद्योगका लागि ठूलो गौरवको कुरा हुनेछ । हिन्दीमा बनेको दृश्यम २०१३ को मलयालम फिल्म दृश्यमको रिमेक हो । दृश्यमलाई अहिलेसम्म हिन्दीमा मात्र नभई कन्नड, तेलुगु र तमिलमा पनि रिमेक गरिएको छ । अहिलेसम्म फिल्मका सबै रिमेक सफल भएका छन् ।

‘दृश्यम’ भारतीय फिल्मको रिमेक भए पनि कोरियाली दर्शकलाई ध्यानमा राखी यसमा केही परिवर्तन गरिने छ । भारतीय उत्पादन कम्पनी पानोरमा स्टुडियो र वार्नर ब्रदर्सका पूर्व स्थानीय कोरियाली प्रमुख जे चोईको एन्थोलोजी स्टुडियोले रिमेकका लागि साइन अप गरेका छन् । साथै, प्यारासाइट अभिनेता संग कंग हो र निर्देशक किम जी ऊनले कोरियाली रिमेकको लागि साझेदारी गरेका छन् ।