२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगः पुलिस र खुमलटारलाई अंक



अ+ अ-

काठमाडौँ । अहमद हिजाजीले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा रेलिगेसनबाट बच्न संघर्षरत विभागीय टोली नेपाल पुलिस क्लवले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार पराजित गर्दा अर्को खेलमा खुमलटार युथ क्लवले सातदोबाटो युथ क्लवबिरुद्ध अंक खोसेको छ ।

हिजाजीले सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलवार सम्पन्न खेलको २८ औं मिनेटमा जो एइडोको बललाई सदुपयोग गर्दै गोल गर्दा पुलिसले थ्री स्टार बिरुद्ध रोमाञ्चक जित निकालेको हो । जितसँगै पुलिस २० खेलमा २५ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ । लगातार दोस्रो खेल हारेको थ्री स्टार भने २६ अंक जोड्दै छैटौं स्थानमा यथावत छ । यससँगै प्रशिक्षक मेघराज केसीको नेतृत्वमा रहेको थ्री स्टार पछिल्ला नौ खेलमा जितबिहीन रहेको छ । यससँगै पुलिसले थ्री स्टारसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा थ्रि स्टार १–० ले विजयी भएको थियो ।

लिग अन्तर्गत मंगलवार नै भएको अर्को खेलमा सातदोबाटोमाथि खुमलटारको जित निकाल्दा विदेशी खेलाडी मोसुके ओलोमोउले पहिलो हाफमा गरेको गोल निर्णायक बनेको हो । एफसी खुमलटारले सातदोबाटो युथ क्लवमाथि १–० जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंशालामा मंगलवार सम्पन्न खेलको ३७ औं मिनेटमा ओलोमोउले गोल गरेका थिए । राजिव लोप्चको क्रसलाई बललाई उनले गोलमा परिणत गरेका थिए । त्यसपछि प्रतिष्पर्धात्मक बनेको खेलमा दुबै टोलीले गोलका लागि निकै प्रयास गरेपनि जित्न असफल भएको थियो ।

जितसँगै २० खेलमा २१ अंक जोडेको खुमलटार १४ औं स्थानमा छ । पराजय व्यहोरेको सातदोबाटो समान खेलबाट २९ अंकका साथ चौथो स्थानमा छ । खुमलटारले पछिल्लो पटक १५ औं चरणमा जावलाखेल युथ क्लावलाई ४–२ ले पराजित गरेको थियो । त्यसयताका चार खेलमा खुमलटारले तीन हार र एक बराबरीको नतिजा निकालेको छ । खुमलटारले सातदोबाटोसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा सातदोबाटो २–१ ले विजयी भएको थियो ।

 




भर्खरै