२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाको लगातार दोस्रो हार



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल ला लिगा अन्तर्गत बार्सिलोनाले हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना भालाडोलिडसँग ३–१ गोलले पराजित भएको हो । खेलको दोस्रो मिनेटमा नै बार्सिलोनाका एन्ड्रीयाज क्रिस्टेन्सेनले आत्मघाती गोल गरेपछि घरेलु टोली भालाडोलिडले सुरुवाती अग्रता बनाएको थियो ।

भालाडोलिडका डार्विन माचिसले क्रस गरेको बललाई क्रिस्टेन्सेनले हेडरबाट क्लियर गर्न खोज्दा उल्टो आत्मघाती गोल हुन पुग्यो ।

२२ औं मिनेटमा काइल लारिनले पेनाल्टीमा गोल गर्दै भालाडोलिडको अग्रता दोब्बर पारे । बार्सिलोनाका एरिक गार्सियाले पेनाल्टी बक्सभित्र गोन्जालो प्लाटामाथि फउल गरेपछि भालाडोलिडले पेनाल्टीको अवसर पाएको थियो । जसलाई लारिनले खेर जान दिएनन् ।

७३ औं मिनेटमा प्लाटाले गोल गर्दै भालाडोलिडलाई ३–० ले अघि बढाए । यता, ८४ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले बार्सिलोनाका लागि सान्त्वना गोल गरे । बार्सिलोनाले यस सिजनको ला लिगा उपाधि जितिसकेको छ । यसअघिको खेलमा बार्सिलोना रियल सोसिडाडसँग २–१ गोलले पराजित भएको थियो ।

शीर्षस्थानको बार्सिलोनाको ३६ खेलबाट ८५ अंक छ । भालाडोलिड ३६ खेलबाट ३८ अंकसहित १७ औं स्थानमा छ ।