२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारी र अपराधीहरुलाई सरकारले कारबाही नगरे राप्रपा आन्दोलनमा उत्रन्छ: ज्ञानेन्द्र शाही



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचारी र अपराधीहरुलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले भ्रष्टाचारी र अपराधीहरुलाई सरकारले कानुनी कारबाही नगरे आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने बताउनु भएको हो ।

प्रमुख सचेतक शाहीले सरकारको नीति तथा कार्यक्रमलाई रेस्लिङ खेल्ने गेमजस्तो बनाउन नहुने पनि बताउनु भयो । उहाँले ट्रेड युनियन खारेज गर्न पनि सरकारसँग माग गर्नु भयो । ट्रेड युनियनहरुकै कारण मुलुकको उद्योगधन्दा, कलकारखाना बन्द भएकाले त्यसलाई सरकारले खारेज गर्नुपर्ने प्रमुख सचेतक शाहीको तर्क थियो ।

उहाँले मुलुकको अर्थतन्त्रको विकासका लागि लोकल मदिराको विक्रीवितरण र बाहिरबाट मदिरा ल्याउने काममा प्रतिबन्ध लगाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । सांसद शाहीले भन्नु भयो, ‘प्रधानमन्त्रीज्यूलाई म अनुरोध गर्न चाहन्छु । यो ट्रेड युनियन भन्ने छ नि । यसलाई खारेज गरिदिनुस । यसले कलकारखाना बन्द मात्रै गरिराखेको छ । लगानीकर्ताको लगानी सुरक्षित गर्ने ग्यारेन्टी गरिदिनुस । प्राकृतिक स्रोतको प्रयोग गर्नुस ।

जस्तो रुख एउटा काट्यो भने दुईटा लगाउने व्यवस्था गर्नुस । जडिबुटीहरु किसानलाई उत्पादन गर्न दिनुस् । अनि, विदेशी मदिरालाई चट्ट परेर खाने, अनि लोकल मदिरालाई चाँही घरघरमा पुलिस गएर तोडफोड गर्ने होइन । लोकल मदिरालाई पनि गुणस्तर मापदण्ड चेकगरी खुलमखुला बेच्ने, विदेशी मदिरा रोक्ने कानुन बनाउनुस । तवमात्र देशको अर्थ व्यवस्था बलियो बन्छ । यो नीति तथा कार्यक्रम रेस्लिङ खेल्ने गेमजस्तो नबनाऊ । र, भ्रष्टाचारी, अपराधीहरुलाई कानुनी कारबाही गरौं । यो कारबाही गर्न कसले रोक्दो रहेछ हेरौं । यदि यो रोकियो भने राप्रपाले रचनात्मक सहयोग गर्छ । सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

प्रमुख सचेतक शाहीले प्राकृतिक स्रोतको सदुपयोग गर्ने, जुडिबुटीको उत्पादन तथा विक्रीवितरणको काम किसानलाई गर्न दिने नीति ल्याउन पनि सरकारलाई सुझाव दिनु भयो ।