२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलद्वारा ढोरपाटनका मेयर प्रदेश कमिटीबाट निलम्बित



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) ले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पार्टी प्रदेश कमिटी सदस्यबाट निलम्बन गरेको छ । वचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष नेपालीलाई एमालेले निलम्बन गरेको हो ।

एमालेका प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालीलाई यो घटनाको निरुपण नहुँदासम्म निलम्बन गरिएको उल्लेख बताएका छन् । एमालेले छानबिनमा सहयोग पुर्‍याउन पनि नेपालीलाई आग्रह गरेको छ ।

“यस घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरुलाई बचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पुर्‍याउन हाम्रो पार्टी सम्बद्ध सबैलाई आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

नेपालीसहित इमेज सहकारीका पदाधिकारी वचतकर्ताको रकम फिर्ता नगरेर हाल फरार रहेका छन् । गृह मन्त्रालयले संस्थापक अध्यक्ष नेपाली, कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्रा अनुमति रद्दसमेत गरेको छ ।