२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीविरुद्ध युनाइटेडको सानदार जित, च्याम्पियन्स लिग खेल्ने पक्का



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले चेल्सीलाई ४–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन कासेमिरो, एन्थोनी मार्सियल, ब्रुनो फर्नान्डेज र मार्कुस रोसफोर्डले एक–एक गोल गरे । चेल्सीका जोआओ फेलिक्सले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा नै कासेमिरोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मार्सियलले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

यस्तै, ७३ औं मिनेटमा ब्रुनोले पेनाल्टीमार्फत गोल गर्दा युनाइटेड ३–० ले अघि बढ्यो । ७८ औं मिनेटमा रासफोर्डले गोल थप्दा युनाइटेड ४–० को अवस्थामा रह्यो । यता, ८९ औं मिनेटमा चेल्सीका लागि फेलिक्सले सान्त्वना गोल गरे ।

जितसँगै युनाइटेड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको ३७ खेलबाट ७२ अंक छ । साथै यो नतिजासँगै युनाइटेडले च्याम्पियन्स लिग खेल्ने भएको छ । चेल्सी भने ३७ खेलबाटै ४३ अंकका साथ तालिकाको १२ औं स्थानमा छ ।