काठमाडौं । एमाले नेता भीम आचार्यले पार्टीलाई सामुहिक नेतृत्व, नितीको मार्गदर्शन र विधिको व्यवस्था अनुरुप संचालन गर्न सुझाव दिएका छन् ।
नेता आचार्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ भन्दा पूर्व अवस्थामा फर्काउने घोषणा गरेसँगै यस्तो सुझाव दिएका हुन् ।
अहंकार, घमण्ड, चरम महत्वकांक्षा, ईर्ष्या, लघुताभास र इगो त्याग गरी पार्टीलाई एकतावद्ध बनाउदै परिवर्तनकारी शक्तिको रुपमा अगाडी बढाउन शीर्ष नेतालाई उनले अपिल समेत गरेका छन् ।
आचार्य भन्छन्,
यतिबेला नेकपा (एमाले) को पार्टी एकता गम्भीर संकटमा परेको छ। देशकै प्रमुख पार्टीभित्रको बिबाद र संकटले लोकतन्त्र र क्रान्तिका सबै उपलब्धीहरु शंकटमा परेका छन्। राष्ट्रिय अखण्डता र हितमा आघात पुग्ने अवस्था श्रृजना भएको छ। पार्टीलाई एकतावद्ध बनाउदै राष्ट्रिय हित र क्रान्तिका उपलब्धि हरु को रक्षा गर्न निम्न काम गर्न आवश्यक छ।
१. २०७७ फागुन २३ को अदालतको निर्णयपछि भएका सबै खाले गुटगत निर्णयहरु खारेज गरी माहाधिबेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र निकायहरु तथा आफ्नो अधिवेशन या प्रकृयाबाट आएका जनसंगठन तथा मातहत कमिटीलाई स्थापित गर्ने।
२. क.के.पी. वली, क.झलनाथ खनाल, क.माधव नेपाल, क।वामदेब गौतम र क.अमृत बोहोरा जस्ता प्रथम पुस्ताका नेताहरुले पार्टीको सम्मानित अविभावकत्व ग्रहण गरी नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने।
३. नेताहरुले अहंकार, घमण्ड, चरम महत्वकांक्षा, ईर्ष्या, लघुताभास र इगो त्याग गरी पार्टीलाई एकतावद्ध बनाउदै परिवर्तनकारी शक्तिको रुपमा अगाडी बढाउन सहयोग गर्ने।
४. पार्टीलाई सामुहिक नेतृत्व, नितीको मार्गदर्शन र बिधिको ब्यबस्था अनुरुप संचालन गर्ने।












