५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री भट्टलाई कांग्रेसको समर्थन



अ+ अ-

गोदावरी । नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने  भएको छ ।कांग्रेस संसदीय दलको आज  बसेको बैठकले मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उहाँका पक्षमा मतदान गर्ने निर्णय गरेको नेका प्रदेशसभा सदस्य टेकबहादुर रैकाले जानकारी दिनुभयो । 

प्रदेशसभामा कांग्रेसका १२ सदस्य छन् । कांग्रेसको यो निर्णयपछि मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त हुने जनाइएको छ । मुख्यमन्त्रीलाई  २७ मतको आवश्यक पर्छ । माओवादी केन्द्रका १३ सदस्य रहेकामा एमाले संसदीय दलसमेतले समर्थन गर्ने निर्णय गरेको छ । 

सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)का सदस्यले मुख्यमन्त्री  भट्टलाई विश्वासको मत नदिने भएका छन् । केन्द्रमा भएको सत्ता समिकरणअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भएको जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरीको भनाई छ । प्रदेशसभामा जसपाका चौधरी र मालामति राना गरी दुई  सदस्य रहेका छन् ।