५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

निवर्तमान वनमन्त्री प्रेमबहादुर आलेले पत्रकार मियाँलाई धम्की दिएको भन्दै भर्त्सना



file photo
अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाले पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की आएको भन्दै भर्त्सना गरेको छ । कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक, महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा कान्तिपुर प्रतिष्ठानका सदस्य मियाँलाई निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले अन्तरवार्ताका लागि टेलिफोन कुराकानी गर्ने क्रममा सोमबार काठमाडौँमा दुव्र्यवहार र धम्क्याएको घटनाप्रति भर्त्सना गरिएको हो । 

“समाचारका कुनै पनि विषयमा चित्त नबुझेको भएमा वा कुनै गुनासो भएमा त्यसउपर कानूनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै निर्वमान मन्त्रीजस्तो व्यक्तिले धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो, महासङ्घ पत्रकारलाई हतोत्साहित बनाउने यस कार्यको कडा शब्दमा भर्त्सना गर्दछ”, प्रतिष्ठानद्घारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिष्ठानले घटनामा संलग्न निवर्तमान मन्त्री आलेलाई कानूनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षित र निर्वाधरूपमा काम गर्ने वातावरण बनाउन सरकारलगायत सम्बन्धित निकायसँग मागसमेत गरेको छ ।