५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिम बंगालमा चट्याङः एकै रात २३ जनाको मृत्यु



symbolic picture
अ+ अ-

काठमाडौं । चट्याङ लागेर भारतको पश्चिम बंगालमा एकैरात २३ जनाको मृत्यु भएएको छ । बीबीसीका अनुसार हिजो (सोमबार) राति पश्चिम बंगाल राज्यको ३ जिल्लामा चट्याङ लागेर कुल २३ जनाको ज्यान गएको हो ।

भारतीय सरकारी अधिकारीहरूका अनुसार हुग्लीका १० जना, मुर्शिदाबादका नौ जना, हावडामा दुई र पश्चिम मेदिनीपुर जिल्लामा दुई जना गरी कुल २३ जनाको ज्यान गएको हो । 

उक्त चट्याङबाट ज्यान गुमाएका परिवारको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय विपत्ति राहत कोषबाट २ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार राज्यमा सत्तारूढ टीएमसीका राष्ट्रिय महासचिव, सांसद अभिषेक बनर्जीले बुधबार र बिहिबार तीनै जिल्लाका मृतकको घरमा गएर आफन्तहरूलाई भेट्ने तयारीमा रहेका छन् ।