२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ



अ+ अ-

काठमाडौं । स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ आएको छ । स्रष्टा दाहालको यथार्थपरक उपन्यास ‘अहोरात्र’ पाठकमाझ आएको हो ।

कृतिमा अमेरिकी बसाईका साथै हिन्दू, मुस्लिम, इशाई र बौद्ध धर्मका विषयमा विशेष चर्चा गरिको छ । यस उपन्यासमार्फत स्रष्टा दाहालले पूर्वीय धर्म–दर्शनभित्रको ज्ञानलाई प्रवाहित गर्नुभएको छ । साथै यो उपन्यास अमेरिकी समाजको यर्थाथ परक दस्तावेजमा रुपमा आएको छ । स्रष्टा दाहालले त्यहाँ रहेका नेपालीको जीवन चित्रलाई यस कृतिमार्फत उजागर गर्नुभएको छ ।

बौद्धिक खुराकले भरिपूर्ण रहेको यस उपन्यासमा स्रष्टा दाहाले अमेरिकी बसाई विभिन्न परिवेस, अनुभूति र अनुभवलाई पाठकमाझ पस्किनुभएको छ । कृतिमार्फत स्रष्टा दाहालले हाम्रो धर्म संस्कृतिका साथै देश बाहिरको जनजीवन कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ यस कृतिमा । यस कृतिको सम्पादन रमेश दाहालले गर्नुभएको हो भने प्रकाशक उषा दाहाल हुनुहुन्छ ।

३७६ पृष्ठको यस उपन्यासको मूल्य ७०० रुपैयाँ राखिएको छ ।

दाहालका यसअघि ‘श्वेतपत्र’ महाकाव्य, ‘रश्मि’ खण्डकाव्य, ‘श्रद्धाञ्जलि’ कवितासंग्र्रह, ‘योद्धा’ काव्य, ‘हावर्डको चौतारीमा’ कवितासंग्र्रह, ‘म त बन्दी भएको छु’ कवितासंग्र्रह, ‘यात्राको सिकर्नी’ नियात्रासंग्रह जस्ता कृति पाठकमाझ आएका छन् ।