५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यक्तिले हडपेका सरकारी जमिन फिर्ता गरेँ – डा. शिवमाया तुम्बाहाम्फे



अ+ अ-

काठमाडौं । निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले आफ्नो कार्यकालमा व्यक्तिले आफ्नो नाममा लगेका सरकारी जग्गाहरु सरकारको नाममा फिर्ता गर्न सफल भएको बताउनुभएको छ ।

मन्त्री तुम्बाहाम्फेले आफ्नो कार्यकालमा व्यक्तिले दुसित मनशायका साथ आफ्नो नाममा दर्ता गरेर लगेको जग्गालाई फिर्ता गर्ने लक्ष्य लिएको भन्दै त्यस्ता जग्गाहरु फिर्ता लिने काम प्रारम्भ गरेको बताउनुभयो । उहाँले सुनसरीमा १७९ बिगाहा जग्गा नेपाल सरकारको नाममा ल्याइसकिएको र काठमाडौंमा पनि अतिक्रमण भएको जग्गा फिर्ता लिने काम पनि अन्तिम चरणमा पुगेको बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘सुनसरीमा १७९ बिगाहा जग्गा नेपाल सरकारको नाममा ल्याइसक्यौँ । राजधानीको मुटुमा रहेको जग्गा जुन सरकारको नाममा थियो । दुषित मनशायका साथ विभिन्न व्यक्तिहरुले त्यो जग्गा हडपेका थिए । जग्गा विक्रि वितरण गरिएको थियो । ती व्यक्तिहरुलाई म्याद तामेलको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । 

व्यक्तिले अतिक्रमण गरेर लगेको जग्गाहरुको हकमा केहि केहि जग्गाहरु सरकारको नाममा ल्याउने काम सकेका छौँ । र अझैपनि छानविन हुँदैछ ।’ निवर्तमान मन्त्री तुम्बाहाम्फेले आफ्नो कार्यकालमा जग्गा नापजाँचको नयाँ प्रविधि लाइडर प्रविधि अपनाएको र नारायणीदेखि पश्चिम महाकाली सम्मको भुभागमा नापजाँच गरिसकेको जानकारी दिनुभयो । 

मौसमले साथ दिए यसै आर्थिक वर्षभित्र डाटा प्रोसेसिङको काम सकेर त्यसको रिजेल्ट निस्किन सक्ने पनि उहाँले बताउनुभयो । आगामी आ.व.मा नारायणी देखि मेचीसम्म नापजाँचको काम हुने कार्यक्रम रहेको उहाँको भनाई छ । उहाँले विभिन्न अनलाइन प्रविधिको सुरुवात गरेको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘मेरो कित्ता प्रविधि कार्यान्वयन भइसकेको छ । लाइडर प्रविधि, हाम्रो डाटा कलेक्शन गरिसकेपछि त्यो प्रोसेसिङ नेपालमै गर्ने र नेपालमा प्रयोग गरिसकेपछि त्यस्ता रअ मेटेरियल कसैले हाम्रो डाटा लिएर जान नपाउने गरी यहीँ छोडेर जानुपर्छ भन्नेमा मैले जोड दिएको छु ।’

उहाँले भुमि मन्त्रालय अन्र्तगत केही केही सेटिङको प्रयास हुने गरेको भन्दै त्यस्तो प्रकारको सेटिङलाई आफुले तोडेको पनि बताउनुभयो ।