९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोग प्रस्ताव: विनाशकाले विपरीत बुद्धि – गजेन्द्र हमाल



अ+ अ-

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटाबाट मन्त्री बनेको भनिएका गजेन्द्र हमालले जबराविरुद्धको महाअभियोग प्रस्ताव सम्बन्धमा ‘विनाशकाले विपरीत बुद्धि’ भन्नुभएको छ । 

गत असोज २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनरगठन गर्दा सांसदसमेत नभएका हमाल उद्योग तथा आपूर्तिमन्त्री बनेका थिए । सांसद नभए पनि छ महिनाका लागि मन्त्री बनाउन पाउने व्यवस्थाअनुसार प्रधानमन्त्री देउवाले हमाललाई मन्त्रीमा नियुक्त गरेका थिए। 

उनीमाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्ने आरोप लागेको थियो। चौतर्फी विरोध भएपछि उनले मन्त्री भएको ४८ घण्टा पनि बित्न नपाउँदै राजीनामा दिएका थिए । 

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्मा हिस्सा खोजेकोसहित विभिन्न आरोप लगाउँदै त्यतिबेलादेखि उनको राजीनामा माग गरिँदै आएको थियो । नेपाल बार एसोसिएसनले उनको राजीनामा माग गरी आन्दोलन गर्दै आएको छ । 

प्रधानन्यायाधीश जबरामाथिको सो आरोपलाई न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरेको अर्थमा लिइएको छ ।

अहिले जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुनु सोही कारण पनि एउटा भएको बताइएको छ ।