२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानी प्रधानमन्त्रीद्वारा ‘अनुपयुक्त व्यवहार’ गरेको भन्दै छोरालाई बर्खास्त



अ+ अ-

एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदाले प्रधानमन्त्रीको सरकारी निवासमा आफ्नो छोराले ‘अनुपयुक्त व्यवहार’ गरेकाले आफ्नो निजी सचिवबाट हटाउने बताएका छन् ।

प्रधानमन्त्रीका छोरा शोतारो किशिदाले गत वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा आफन्तहरूलाई निम्त्याएर भोज गरेको समाचार तस्बिरसहित गत साता एक पत्रिकाले प्रकाशन गरेपछि प्रधानमन्त्रीले छोरालाई पदबाट हटाउने घोषणा गरेका थिए ।

“गत वर्ष सार्वजनिक स्थानमा उनले गरेको व्यवहार राजनीतिकरूपमा अनुपयुक्त थियो, उनलाई पदमुक्त गर्ने निर्णय भएको छ,” प्रधानमन्त्री किशिदाले पत्रकारमाझ भन्नुभयो । यही वैशाख १८ गतेदेखि लागू हुनेगरी शोतारोले राजीनामा गर्ने जानकारी पनि उनले दिए ।

समाचार सार्वजनिक भएपछि ३२ वर्षीय छोरा शोतारोलाई प्रधानमन्त्रीले उनको हर्कतका निम्ति हप्काएका थिए । तर विपक्षीहरूको निरन्तरको आलोचनाका कारण उनले उनलाई पदमुक्त गर्ने निर्णय गरेका हुन् । यसअघि पनि शोतारोले युरोप भ्रमणमा गएका बेला सरकारी सवारी साधन प्रयोग गरेर किनमेल गरेका विवरण सार्वजनिक भएपछि प्रधानमन्त्री किशिदामाथि विपक्षीले तीक्ष्ण प्रहार गरेका थिए ।




भर्खरै