२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ ।

मंगलबार पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले उहाँलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गर्नु भएको हो ।

त्यस अवसरमा महराले अपांगता भएका व्यक्तिहरुको टिम नै बनाएर विश्वव्यापी रुपमा शान्तिको अभियान छेड्ने बुढामगरको अभियान रहेको र त्यसमा आफू र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले कीर्तिमानी बुढामगरको आफ्नो जीवनलाई थप साहसका साथ अघि बढाउने मिशनको सफलताको पनि कामना गर्नु भयो । पार्टीको सम्मान कार्यक्रममा सहभागी भएकोमा पनि महराले बुढामगरप्रति आभार व्यक्त गर्नु भएको थियो ।

उहाँले भन्नु भयो, ‘उहाँहरु एउटा ठूलो शान्तिको मिशनमा हुनुहुन्छ । अपांग भएका व्यक्तिहरु खोजेर एउटा टिम बनाएर विश्वव्यापी रुपमा शान्तिको अभियान छेडन चाहनु हुन्छ । त्यसको निमित्त हाम्रो तर्फबाट, हाम्रो पार्टीको तर्फबाट म आफैं पनि माओवादी जनयुद्धबाट शान्ति प्रक्रियाको मिशनमा लागेका व्यक्तिको हैसियतले म पनि सहयोग गर्न तयार छु । म यो प्रतिवद्धता पनि यहाँहरुलाई भन्न चाहन्छु । यसमा धेरै भन्नु छैन । उहाँको जीवन, उहाँले खुट्टा गुमाउनु भएतापनि उहाँले साहस गुमाउनु भएको छैन । र, केही लक्ष्य पूरा गर्ने, केही समय उहाँ अलि रुमलिनु भयो । तर बाँकि जीवन थप साहसपूर्वक अगाडि बढने र मिसन पूरा गर्ने उहाँको लक्ष्य छ । त्यो पूरा होस् । हाम्रो शुभकामना कार्यक्रमलाई स्विकार गरिदिनु भएकोमा उहाँलाई धन्यवाद ।’

कार्यक्रममा बोल्दै बुढामगरले अपांगताको क्षेत्रमा जागरण ल्याउन आफूले सगरमाथाको आरोहण गरेको बताउनु भयो । उहाँले यस क्षेत्रमा सरकारलाई पनि केही गर्न आफ्नो अभियानले सचेत गराएको पनि बताउनु भयो । बुढामगरले अपांगता भएका व्यक्तिहरुलाई दया र माया भन्दा पनि अवसर र मौका दिन आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, ‘सगरमाथामार्फत् मैले यो अपांगताको क्षेत्रमा जागरण गर्ने, सचेतना दिने कोशिस गरेको छु । पहिले सरकारले मलाई दुई वटा हात, दुई वटा खुट्टा र दुई वटै आँखा नभएकालाई सगरमाथा जान ब्याण्ड गरेको थियो । त्यो ब्याण्ड गरेपछि हामीले सर्वोच्च अदालतमा गएर मुद्दा लडेका थियौं । र, त्यो मुद्दा जितेर सगरमाथा चढेको र अहिले मैले सरकारलाई पनि यस क्षेत्रमा केही काम गर्न सचेत गराएको महशुस गरेको छु ।’

बेलायती सेनामा कार्यरत रहँदा दुवै खुट्टा गुमाउनु भएका बुढामगरले गत जेठ ५ गते अपरान्ह सगरमाथाको सफल आरोहण गर्नु भएको थियो ।

 




भर्खरै