२७ जेष्ठ २०८३, बुधबार
,
Latest
रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई अभ्यास खेलको लागि दक्षिण अफ्रिका नपठाउने ‘लिगल टीम’को निर्णय



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेलाई विश्वकप छनोट अभ्यास खेलमा सहभागी नगराउने उनको लिगल टीमले निर्णय गरेको छ ।

मुद्दा सुनुवाईमा ढिलाई भएका कारण दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा उनी नजाने निर्णय भएको सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए ।

सन्दीपको जिम्बावे भ्रमणबारेमा पनि अझै निर्णय भइनसकेको घिमिरेले बताए । उनले भने, ‘मुद्दाको टुंगो नलगाई उनी नजाने हाम्रो लिगल टिमको निर्णय भयो । जिम्बावे भ्रमणबारे अझै केही निर्णय भइसकेको छैन’।

नेपालले आगामि जुन जुलाईमा विश्वकप छनोटको लागि जिम्बावे भ्रमण गर्दैछ । सन्दीपविरुद्ध लागेको नाबलिक बलात्कारको आरोपको फैसला सुनुवाई हुननसक्दा उनी भ्रमणमा सहभागि हुने नहुने भन्नेबारे अझै निर्णय हुनसकेको छैन ।

मंगलबारका लागि पेशी तोकिएपनि पीडित भनिएकी किशोरीले क्षतिपूर्ति पाउनुपर्ने माग राखी निवेदन दिएकाले त्यसको निर्णयपछि मात्र फैसला सुनुवाई हुने भएको छ। न्यायाधीश शंकरबहादुर राईको इजलासमा आजलाई उक्त पेसी तोकिए पनि सुनुवाइ नगरिएको हो ।