२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनिया जहाज बिक्री गर्न मूल्याँकन गर्दै नेपाल एयरलाइन्स



फाईल फोटो
अ+ अ-

काठमाडौं: नेपाल एयरलाइन्सले आफूसँग रहेका पाँच वटा चिनियाँ जहाजहरुको संचालन खर्च ज्यादै बढी भएको जनाउँदै ती जहाज बिक्री गर्नेगरी मूल्याँकन अन्तिम चरणमा पुगेको जनाएको छ ।

निगमले आज एक विज्ञप्ति प्रकाशन गरी नेपाल सरकारको निर्णय एवं निगम संचालक समितिको २०७९ भदौ २३ गतेको निर्णय बमोजिम उक्त जहाजहरु लिजमा दिनका लागि पहिलो पटक २०७९ भदौ २९ गते र दोस्रो पटक २०७९ कार्तिक १६ गते सूचना प्रकाशन गरिएको भए पनि निवेदन प्राप्त नभएको बताएको छ ।

लिजका लागि दुई पटक विज्ञापन गर्दा समेत आवेदन नपरेपछि नेपाल सरकारको निर्णय अनुसार जहाज बिक्री गर्ने सोचाईमा निगम पुगेको विज्ञप्तिमा उल्लेख छ ।

निगम समक्ष हाल दुई वटा एमए–६० र तीन वटा वाई१२ई चिनियाँ जहाज छन् । यी जहाज चलाउन नसके पछि हाल ग्राउन्डेड छन् । जहाज ग्राउन्डेड भएपछि संसदमा समेत कुरा उठेको थियो ।

यी जहाजका सम्बन्धमा अध्ययन गर्न गठित विगतका समितिहरुले उक्त जहाज संचालन गर्न प्राविधिक, व्यवसायिक तथा आर्थिक रुपमा अनुपयुक्त भएको, बिमा खर्च र इन्धन खर्च अत्यधिक भएको, सीमित यात्रु बहन क्षमता र जगेडा पार्टपुर्जामा समस्या भएको प्रतिवेदन दिएको निगमको दाबी छ ।

जहाजहरु संचालनमा रहँदा आर्थिक वर्ष २०७१।७२ देखि २०७५।७६ सम्मको अवधिमा यी जहाजहरुको संचालन घाटा रु. ७७ करोड ७४ लाख १० हजार र कूल घाटा रु. १ अर्ब ९० करोड ६९ लाख ३३ हजार रहेको निगमको भनाई छ ।

निगमका अनुसार यी जहाजहरु संचालन गरिरहँदा निगमलाई थप आर्थिक बोझको दायित्व थप हुने देखिएसँगै जहाजहरु ग्राउन्डेड गरिएको थियो ।




भर्खरै