२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध परेको रिटको पेसी आज



अ+ अ-
काठमाडौँ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेसी आज तोकिएको छ । मंगलबार दायर भएको रिटको पेसी आजका लागि तोकिएको हो ।
गणतन्त्र दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाइ चौधरी सोमबार विहान डिल्लीबजार कारागारबाट रिहा भएका थिए । उनीविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशब बोहोराकि पत्नी शाहदा कडायत बोहोराले रिट दर्ता गराएकी हुन् ।
उक्त घटनाका मुख्य योजनाकारका रुपमा चौधरीविरुद्ध जिल्ला अदालत कैलाली, उच्च अदालत दीपायलले गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले यही जेठ २ गते सदर गरेको थियो । जन्मकैद अनुसार चौधरी २०९४ सालसम्म जेलमा बस्नुपर्ने थियो ।
थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रुप लिँदा कैलालीको टीकापुरमा २०७२ भदौ २ गते एक बालक र सात सुरक्षाकर्मीसहित आठ जनाको बिभत्स हत्या गरिएको थियो ।