२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासस तस्बिर प्रदर्शनी जेठ २४ सम्म सञ्चालन हुने



अ+ अ-

काठमाडौँ । गणतन्त्र दिवस, २०८० को सन्दर्भमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनी यही जेठ २४ गते बुधबारसम्म सञ्चालन हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही जेठ ११ गते एक समारोहका बीच उद्घाटन गर्नुभएको एकहप्ते प्रदर्शनी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म अवलोकनको व्यवस्था मिलाइएको छ ।

विशिष्ट पदाधिकारी, नेपाली सम्पदा र संस्कृतिका क्षेत्रमा अभिरुचि राख्ने व्यक्तित्व र आमसर्वसाधारणबाट अवलोकन हुनेक्रम जारी रहेकाले थप एक हप्ता प्रदर्शनी सञ्चालन गर्नुपरेको रासस व्यवस्थापनले जनाएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री राम कार्की र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतका पदाधिकारीले प्रदर्शनी अवलोकन गर्नुभयो ।

यसैगरी राजनीतिज्ञ, प्राध्यापक, कला–साहित्यपे्रमी, संस्कृतिकर्मी, आमसञ्चारकर्मीलगायत सर्वसाधारणले रुचिपूर्वक प्रदर्शनी अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा विशिष्ट पदाधिकारी एवं कलासंस्कृति क्षेत्रका अग्रजले मुलुकको ऐतिहासिक सम्पदा र संस्कृति झल्काई तिनको संरक्षण, संवरद्धनमा सहयोग पु¥याउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरेकामा राससलाई धन्यवाद दिँदै भविष्यमा पनि यस किसिमका रचनात्मक कार्यक्रमले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

राससबाट सम्प्रेषित देशको धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेश झल्काउने ७७ वटा तस्बिर प्रदर्शनीमा राखिएको छ । विशेषगरी विभिन्न चाडपर्व, जात्रा, मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्बिरमा अवलोकनकर्ताको अभिरुचि देखिएको छ ।

हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म नेपाली र अङ्ग्रेजी भाषामा समाचार, तस्बिर, अन्तर्राष्ट्रिय समाचार र तस्बिर, अडियो एवं भिडियो सेवा सम्प्रेषण गर्दै आएको राससले आफ्नो वार्षिकोत्सवका अवसरमा वर्षभर उत्कृष्ट एक सय वटा तस्बिर समेटेर हरेक वर्ष तस्बिर प्रदर्शनी गर्दै आएको छ । रासस