२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले दक्षिण अफ्रिकामा स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्ने



अ+ अ-

काठमाडौं । जिम्बाब्वेमा हुने विश्वकप छनोटअघि अभ्यास खेल खेल्न दक्षिण अफ्रिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग दुई खेल खेल्ने भएको छ ।

क्यानले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले दक्षिण अफ्रिकामा एक साता प्रशिक्षण गर्ने र दुई अभ्यास खेल खेल्ने छ।

नेपाली टोली हिजो बुधबार नै दक्षिण अफ्रिका पुगिसकेको छ । टोलीले आजदेखि (जुन १–७) सम्म प्रशिक्षण गर्नेछ । त्यसको लगत्तै जुन ८मा स्कटल्याण्डसँग र जुन १० मा नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्नेछ । दुवै खेल ५० ओभरको हुनेछन् ।

दक्षिण अफ्रिकाको खेलपछि नेपाली टोली विश्वकप छनोट खेलको लागि जिम्बाब्वे जानेछन् । विश्वकप छनोट जुन १८ देखि जुलाई ९ सम्म हुनेछ । जसमा १० टोलीले प्रतिस्पर्धामा उत्रनेछन् । नेपालले विश्वकप छनोटअघि पनि जिम्बाब्वेमा यूएई र ओमानसँग अभ्यास खेल खेल्नेछ । नेपालले जुन १३ मा यूएई र जुन १५ मा ओमानसँग अभ्यास खेल खेल्नेछ ।

विश्वकप छनोटमा समूह ए मा रहेको नेपालले जुन १८ मा पहिलो खेल घरेलु टोली जिम्बाब्वेसँग खेल्नेछ । नेपालको समूहमा जिम्बाब्वेसहित वेष्ट इन्डिज, नेदरल्याण्ड्स र अमेरिका रहेका छन् । नेपालले जुन २० मा अमेरिका, जुन २२ मा वेष्ट इन्डिज तथा जुन २४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

समूह बी मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, यूएई र ओमान छन् । दुवै समूहको शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । त्यहाँबाट फाइनल पुग्ने शीर्ष दुई टोलीले अक्टोबर(नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाउनेछ ।