काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित ६ बुँदे प्रस्तावसहितको एकता आह्वान गरेपछि गोकुल बास्कोटाले सामाजिक सञ्जालमा आफ्नो व्यङग्यात्मक धारणा व्यक्त गरेका छन् । बास्कोटाले सामाजिक सञ्जाल ट्विटरमा माधव नेपाल पक्षलाई लक्षित गर्दै लेखेका छन्, ''अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलाई दुईतीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा । के गर्नु ? आफ्नै हुन माया लाग्छ ।''
त्यस्तै बास्कोटाले प्रम ओलीद्वारा जारी ६ बुँदे प्रस्तावसहितको एकता आह्वान पारिवारिक मिलनको अन्तिम प्रयास भएको पनि उल्लेख गरेका छन् ।
बास्कोटाको ट्विट
''अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलाई दुईतीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा । के गर्नु ? आफ्नै हुन माया लाग्छ । राष्ट्रकवि माधब घिमिरेको गौरी शोककाब्यमा जस्तै बनाए । यी हाँसे पनि रोए पनि बुढालाई पीरैपीरमा राख्ने भए । लास्ट प्रयास!पारिवारिक मिलनको नत्र बाक्लो दाल खाऊ।''












