७ असार २०८३, आईतवार
,
Latest
बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोकुल बास्कोटाको व्यङग्यात्मक टिप्पणी- ‘यी हाँसे पनि रोए पनि बुढालाई पीरैपीरमा राख्ने भए’



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित ६ बुँदे प्रस्तावसहितको एकता आह्वान गरेपछि गोकुल बास्कोटाले सामाजिक सञ्जालमा आफ्नो व्यङग्यात्मक धारणा व्यक्त गरेका छन् । बास्कोटाले सामाजिक सञ्जाल ट्विटरमा माधव नेपाल पक्षलाई लक्षित गर्दै लेखेका छन्, ''अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलाई दुईतीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा । के गर्नु ? आफ्नै हुन माया लाग्छ ।'' 

त्यस्तै बास्कोटाले प्रम ओलीद्वारा जारी ६ बुँदे प्रस्तावसहितको एकता आह्वान पारिवारिक मिलनको अन्तिम प्रयास भएको पनि उल्लेख गरेका छन् । 

बास्कोटाको ट्विट

''अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलाई दुईतीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा । के गर्नु ? आफ्नै हुन माया लाग्छ । राष्ट्रकवि माधब घिमिरेको गौरी शोककाब्यमा जस्तै बनाए । यी हाँसे पनि रोए पनि बुढालाई पीरैपीरमा राख्ने भए । लास्ट प्रयास!पारिवारिक मिलनको नत्र बाक्लो दाल खाऊ।''