२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड, तोलाको १ लाख १३ हजार पुग्यो



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढ्दै गईरहेको छ । यससँगै आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

बिहीबार नयाँ रेकर्ड बनाएर १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्यले आज पुन: नयाँ रेकर्ड बनाएको हो ।

शुक्रबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, चाँदी तोलामा २५ रूपैयाँले वृद्धि भई १ हजार ४३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हालै सार्वजनिक बजेटले सुनमा भन्सार दर ५ प्रतिशत बढाएसँगै सुनचाँदीको मुल्य झन् बढेको हो ।