२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक: सल्लाह गर्दागर्दै राष्ट्रपतिले भ्रमणकै दिन पार्नुभयो– प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमणलाई नागरिकता विधेयकसँग जोडेर हेर्न नहुने बताउनुभएको छ ।

नयाँदिल्लीमा पत्रकारहरुसँगको कुराकानीमा उहाँले नागरिकता विधेयक भारत भ्रमणकै दिन प्रमाणीकरण हुनु संयोग मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले पहिले नै राष्ट्रपतिजीले प्रमाणीकरण गर्नुपर्छ भन्ने खोजेकै थिएँ । राष्ट्रपतिले सल्लाह गर्दैगर्दै जाँदा त्यही दिन पर्न आयो । म पहिला नै प्रमाणीकरण होस् भन्ने पक्षमा थिएँ ।”

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणसँग नजोडियोस् भन्ने आफ्नो पहिल्यैदेखि चाहना भएको प्रष्ट पार्नुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रधानमन्त्रीको भारत भ्रमणकै दिन प्रमाणीकरण गर्नुभएको थियो । उक्त विधेयक प्रमाणीकरण भएपछि चौतर्फी आलोचना भइरहेको छ ।