काठमाडौं । कार दुर्घटना गराई फरार रहेका प्रदेश काँग्रेस सांसद विन्दिया कार्कीका छोरा रविन कार्की प्रहरीको नियन्त्रणमा आएका छन् ।
रविनले रक्सीले मातेर कार चलाउँदा त्यसको ठक्करबाट एक मजदुरको मृत्यु र अर्का एक गम्भीर घाइते हुन पुगेका थिए ।
कार्की आइतबार अपराहन्न विराटनगरको बरगाछी घरबाट पक्राउ परेका हुन् ।
बिहीबार राती साढे सात बजे प्रदेश सांसद कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्री भारतीय नागरिक ३५ वर्षीय मुकेश शर्मालाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । त्यस्तै, मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए।
प्रहरीले दिएको जानकारी अनुसार कार्कीलाई ‘सवारी ज्यान मुद्दामा’ म्याद थप गर्ने भएको छ ।












