२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौं । लगातार रेकर्ड बे्रक गरिरहेको सुनको मूल्य आज तोलामा १७ सय रुपैँयाले घटेको छ ।

आज आइतबार छापावाल सुन तोलामा १७ सय रुपैयाँले घटेर १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारमा उक्त सुन प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ कायम भई हालसम्मकै उच्च दरमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार उक्त सुन एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी बाईतबार चाँदी तोलामा २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४१५ रुपैयाँ कायम भएको छ ।