२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीले सीमा समस्या समाधान गरिनेछ भनेर प्रष्ट भनेका छन्– प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्यालाई समाधान गरिनेछ भनेर स्पष्ट शब्दमा भन्नुभएको बताउनुभएको छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा भारत भ्रमणबारे उठेका प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।

उहाँले सीमासम्बन्धी विषयलाई कूटनीति संयन्त्रमार्फत् समाधान गर्न  मोदीलाई गम्भीर ढंगले आग्रह गरेको बताउनुभयो । ‘भारतिय प्रधानमन्त्रीले पनि संयुक्त पत्रकार सम्मेलनमा सीमालगायतका सबै समस्यालाई समाधान गरिनेछ भनेर स्पष्ट शब्दमा आएको छ । भारतीय प्रधानमन्त्रीबाट सीमाको सम्बन्धी विषयमा स्पष्ट विचार आएको पहिलो र सकारात्मक अभिव्यक्ति हो’, प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले संयुक्त प्रेसमिटको अवसरमा दिनु भएको सीमासम्बन्धि समस्या समाधान गर्ने अभिव्यक्तीलाई आफूले सकारात्मक अभिव्यक्तिको रुपमा लिएको पनि बताउनु भयो । उहाँले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग गम्भिर रुपले सीमा समस्या समाधानका विषयमा कुरा गरेको जिकीर समेत गर्नु भयो । प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘भेटवार्तामा सीमा सम्बन्धि विषयहरुमा गम्भिर रुपले छलफल भएको छ ।’

‘सीमा सम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भिर ढंगले आग्रह गरेको छु । यहाँहरुलाई थाहानै छ । प्रधानमन्त्री मोदीजीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमालगायतका थाँति रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नु भएको छ । लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धि विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो ।’

प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भिर भएर लागिपर्ने बताउनु भएको पनि संसदलाई जानकारी गराउनु भयो ।




भर्खरै